समाचार

पोखरा ३१ मा लक डाउनलाई अझै कडा गरिने

Spread the love

ऋषिराम रानाभाट
बैशाख १० , पोखरा । विश्वमा कोरोनाभाइस (कोभिड १९)को महामारी बढी रहेको छ । नेपालमा हालसम्म ४२ जनामा कोभिड १९ को संक्रमण देखिइसकेको छ भने ५ जना निको भएर डिस्चार्ज भएका छन् ।

यसै विच पोखरा म न पा ३१ कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लक डाउनलाई अझै प्रभावकारी बनाई कडाइ गरिने भएको छ । वडा अध्यक्ष कमल बहादुर थापाको संयोजकत्वमा १७ सदसिय लक डाउन व्यवस्थापन समिति गठन गरिए सँगै लक डाउनलाई अझै कडाइ गरिने भएको हो ।

यसै विच पोखरा ३० शिशुवा सि आर भिका सुरक्षा कर्मी , स्थानिय समाजिक व्यक्ति विशेष , लाँकुरी युवा क्लबका अध्यक्ष सुरेश लामिछाने, युवा उध्यमी कमल लामिछाने लगाएतको सक्रियतामा पोखरा ३१ बेगनासतालमा अनावश्यक रुपमा चलाइएका मोटरसाइकल, स्कुटरलाई नियन्त्रणमा लिइएको शिशुवा सि आर भिका प्रमुखले बताए । यसै गरी आवश्यकता हेरी अति आबसकिय कार्यका लागि मात्रै एक जना चालक मात्रै रहने गरी मोटर साइकल, स्कुटर चलाउन छुट दिइएको उनले बताए । अनावश्यक रुपमा हिँडडुल गर्ने नागरीकालाई समेत सम्झाई बुझाई गरी आफ्नो घरमै बसी लक डाउनलाई पूर्ण पालना गर्न आग्रह गरिएको लाँकुरी युवा क्लबका अध्यक्ष सुरेस लामिछानेले बताए ।

Related Articles

Back to top button