समाचार

पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको रन(वे तयार,

आयोजना तोकिएभन्दा पहिल्यै सकिने

Spread the love

पोखरा, ४ बैशाख ।  पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको रन(वे निर्माणको काम सकिएको छ । यो सँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमानस्थलको मुख्य निर्माणको कामका रुपमा रहेको रन(वेको काम सकिएको हो । २५ सय मिटरको यो रन(वेमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रन(वेमै ढलान गरिएको हो । यो रन(वेमा अबको ३० वर्षसम्म पनि समस्या नआउने दावी गरिएको छ ।
‘मुख्य काम सकिएपछि अब हामी यो विमानस्थल तोएकिो मितिभन्दा पहिल्यै सञ्चालनमा ल्याउन सकिने निश्कर्षमा पुगेका छौं,’ महानिर्देशक गौतमले भने विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने ट्याक्सी वे निर्माणको काम पनि भइरेको छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ भने अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । अहिले पनि विमानस्थलमा धमाथम काम भइरहेको छ । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि अब सन् २०२० भित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गौतमले बताए ।
चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धा्रित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ । तर, अब यो आयोजना समय अगावै सम्पन्न हुने अवस्थमा आइपुगेको छ । विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।
सरकारले ०३२ मा जग्गा अधिग्रहण गरे पनि सरकारसँग बजेट अभाव, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोटको निर्णयमा ढिलाइले विमानस्थल निर्माण अलपत्र थियो ।
विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलान्याश गरेका थिए । झन्डै २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको विमानस्थल सन् २० भित्रै सञ्चालनमा आए त्यो नेपालको विकास आयोजनमा नमूना बन्नेछ । ‘यो परियोजनामा एकै प्याकेजको ठेक्का छ, त्यसैले सिभिलको काम सक्दै आवश्यक उड्डयन उपकरण ल्याएर जोड्ने काम पनि सँगै हुन्छ,’ महानिर्देशक गौतमले भने ।

Related Articles

Close