अर्थ खबरमनोरञ्जनसमाचार

दशौं संस्करणको पोखरा महोत्सव पौष २९ गते हुने

Spread the love

ऋषिराम रानाभाट
पोखरा, २९ कार्तिक ।
दशौं संस्करणको पोखरा महोत्सव अगामी पौष २९ गते देखि माघ १२ गते सम्म हुने भएको छ । पोखरा युनाइटेड क्लब पोखराले आफ्नो स्थापना काल देखि आयोजना गर्दै आएको पोखरा महोत्वसको वारेमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । युवाको जाँगर राष्ट्रको निर्माणको आधार भन्ने नाराका साथ स्थापना भएको क्लबले स्थापनाकाल देखिनै शिक्षा, स्वास्थ्य र पर्यटन प्रबद्र्धनमा योगदान गर्दै आएको क्लबले दशौं संस्करणको पोखरा महोत्सव पोखरा महानगरपालिका अम्मरसिंह चौरमा गर्ने भएको हो । महोत्वसबाट भएको आम्दानीबाट १२ वटा सामुदायिक विद्यालयमा छात्रबुत्ति कोषको स्थापना गरी गरीव तथा जेहेन्दार विद्यार्थीहलाई सहयोग गर्ने उक्त अवसरमा क्लबका माहसचिव शान्त बहादुर थापाले जानकारी दिए । स्वास्थ्य सेवाको पहुँच नभएका ग्रामिण क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य सिबिर समेत सन्चालन गर्ने थापाले बताए । सेती संरक्षण कार्यक्रमलाई अभिायनको रुपमा अगाडि बढाइ महोत्सव प्रवेश टिकटको प्रति टिकट रु १ का दरले सेती संरक्षण अभियानलाई छुट्टयाउने थापाले बताए ।
देशको कला , संस्कृति , भेष भुषाको संरक्षणमा टेवा पु¥याउँदै शिक्षा, स्वास्थ्य , खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तर्फ डो¥याउने महोत्सवको मूख्य उद्धेश्ये रहेको क्लबका अध्यक्ष लालकाजी गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए। महोत्सबमा विभिन्न जाती , जनजातीका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् विक्री, हस्तकला सामानको प्रदर्शनी एवम् विक्री, सूचना प्रविधिको प्रदर्शनी एवम् जानकारी, व्यवसायिक संघ संस्थाहरुको सेवा वारे जानकारी, स्थानीय , राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शन तथा विक्रि वितरण, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत, पोखरा लगाएत विभिन्न पर्यटकिय स्थलहरुको जानकारी, राष्ट्रिय स्तरका कलाकारहरुको दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हाँस्य व्यंग प्रस्तुति,वाल उद्यान, प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता लगाएतका आकर्षणका कार्यक्रमहरुको रहेको अध्यक्ष गुरुङले बताए । पत्रकारहरुले विविध विषयमा राखेका जिज्ञासाहरुको जवाफ अध्यक्ष गुरुङले दिएको पत्रकार सम्मेलनमा साँस्कृति व्यवस्थापन उपसमितिका संयोजक एवम् क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्टले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए।

Related Articles

Close