मनोरञ्जनरोचकसमाचार

पोखरामा चलचित्र हेरेर समिक्षा गर्ने कल्चर शुरु हुँदै

Spread the love

पोखरा, २ पुष ।
पोखरामा चलचित्र हेर्ने र त्यसपछि सो चलचित्रमाथी समिक्षा गर्ने कल्चर शुरु हुने भएको छ । पोखरा थिएटरसँगको सहकार्यमा गुरुङ फिल्म एशोसियसन नेपाल र पोखरा फिल्म सोसाइटिको आयोजनामा यो कार्यक्रम सुरु हुन लागेको हो ।
हरेक महिनाको पहिलो शनिबार बिहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा चलचित्र प्रर्दशन र त्यसमाथी समिक्षा गर्ने कार्यक्रम गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । पोखरामा चलचित्र हेर्ने, बुझ्ने र त्यसमाथी समिक्षा गर्ने संस्कार विकास गर्न यो कार्यक्रम हुन लागेको उनले जनाए । ‘हामीले विगत १ वर्ष देखि यो विषयमा सोचेका थियौ, अब शुरु गर्न लाग्यौ, पक्कै यसले पोखरामा नयाँ कल्चरको विकास हुनेछ’ परिवर्तनले भने ।
जस अनुसार पहिलो श्रृंखला पौष ५ गते शनिबार हुनेछ । पहिलो कार्यक्रममा रोड होम चलचित्र प्रर्दशन गरिनेछ । चलचित्र प्रर्दशन पश्चात अनुप बरालको सहजीकरणमा सो चलचित्रका विविध पक्षको बारेमा समिक्षा गरिनेछ ।

Related Articles

Check Also

Close
Close