समाचारसमाज

पोखरा र न्युजिल्यान्डको वेलिङटन सहर (अप्पर हट सिटी)बिच भगिनी सम्बन्धको प्रकृयामा

Spread the love

ऋषिराम रानाभाट
पोखरा , १८ असोज । पोखरा र अप्पर हट सिटी, वेलिङटन बिच भगिनी सम्बन्ध हुने भएको छ ।
माथिल्लो हट सिटी काउन्सिल, वेलिङटनमा नेपाली संस्कृति र पर्यटन प्रबर्द्धन फोरम न्युजिल्याण्डका प्रतिनिधिहरुसँग अपर हट सिटी काउन्सिलमा बैठक सम्पन्न भएको हो । बैठकमा दुई शहर बिचको भगिनी सम्बन्ध कायम गर्नुपर्ने कुरा छलफल भएको बताइएको छ ।
फोरमका अध्यक्ष एवम् न्युजिल्याण्डका लागि नेपाल सरकार संस्कृति, पर्यटन एवम् नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डको पर्यटन प्रबर्द्धन दूत डा। रमिल अधिकारी र पोखरा महानगरपालिका बिच सम्पन्न भएको बैठक भगिनी सम्बन्ध स्थापित गर्नक लागि एक आधार बनेको डा। अधिकारीले बताउनु भयो ।
न्युजिल्याण्ड र नेपालको सम्बन्धलाई थप सुदृढ गर्दै नेपालमा पर्यटन विकासको नयाँ सम्भावनाका बारेमा छलफल गरिएको थियो भने बैठकमा कमल राई, निमा शेर्पा, डा रमिल अधिकारी र मेयर वेन गप्पीेको उपस्थिति रहेको डा.अधिकारीले जानकारी दिनु भयो ।यस फोरम गठन यता यस संस्थाले न्युजिल्यान्डका सरकारी एवं गैह्रसरकारी संस्थाका प्रतिनिधिहरू एवं लब्धप्रतिष्ठित व्यक्तिहरूसँग छलफल एवं भेटघाट गर्दै आएकोछ ।

Related Articles

Back to top button