अर्थ खबरसमाचार

पोखराका फुटपाथ पसल हटाउन महानगरको ७ दिनको अल्टिमेटम

Spread the love

काठमाण्डौ, १७ कार्तिक ।
पोखरा महानगरपालिकाले नगर क्षेत्रको फुटपाथमा पसल सञ्चालन गर्ने ब्यापारीलाई ७ दिनभित्र छोड्न आग्रह गरेको छ । आइतबार महानगरका नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिले फुटपाथमा पसल सञ्चालन गर्ने व्यापारीलाई ७ दिनभित्र छोड्न अल्टिमेटम दिएका हुन् । पोखरा महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगरलगायतका बजार क्षेत्रको फुटपाथमा व्यापार गर्न नपाइने र अटेरी गरेमा कारबाही गर्ने महानगरले जनाएको छ ।

‘दिएको समयभित्र पसल नहटाए महानगरले कारबाही प्रक्रिया अघि बढाउँछ,’ फुटपाथ पसल हटाउन गठित समिति संयोजक पुरुषोत्तम थापाले भने, ‘अटेरी गरे ५ हजार देखि १० हजारसम्म कारबाही गरिन्छ ।’ पोखरा महानगरले सडक छेउका अनधिकृत र अव्यवस्थित फुटपाथ पसल हटाउने निर्णय कात्तिक ७ गते नै गरेको थियो ।

Related Articles

Close