समाचारसमाजस्थानीयस्वास्थ्य

पोखरामा स्काउटद्धारा चेतना अभियान सञ्चालन

Spread the love

लेखनाथ,१६ असार ।
अगाडी गाडीमा कोरना भाईरसका बारेमा सन्देश मुलक माइकिङ पछाडी स्काउटको डेस«मा स्वास्थ्य सचेतना मुलक ब्यानर र त्यसपछि हाते पम्प्लेट वितरण गर्दै गरेको समुहले पोखराको बिभिन्न ठाउमा सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।
प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा पोखराका बिभिन्न ठाउमा यसैगरि कोभिड रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्ने गरि सचेतना कार्यक्रम संचालन गरेको हो ।
टोलीले कोरना रोकथामका उपाय तथा जनस्वास्थ्यका सवै मापदण्ड प्रयोग गर्न अनुरोध गर्दै चोक चोकमा मास्क तथा सेनिटाईजर वितरण गरेको नेपाल स्काउट पोखरा महानगरपालिका संयोजक सुबिन तिमिल्सेनाले जानकारी दिएका छन् ।
सचेतना कार्यक्रम महानगरका विभिन्न ठाउँ जस्तै बगर,पृथ्वी चोक,बिरौटा,साबिक लेखनाथको तालचोक शिसुवा, बेगनासताल लगाएतका ठाँउहरुमा संचालन गरिएको र अन्य ठाँउमा पनि दैनिक रुपमा अभियानलाई निरन्तरता दिने बताईएको छ ।
उक्त अभियानमा नेपाल स्काउट गण्डकी प्रदेशका तदर्थ समिती सदस्य सागर पौडेल ,नेपाल स्काउट पोखरा महानगरपालिका सम्योजक सुबिन तिमिल्सेना सदस्यहरु अरुण कार्कीे,सरिता ढकाल,तिर्थ गुरुङ,सुर्य भट्टराई र विभिन्न स्काउट एवम् रोभरहरुको सहभागी रहेको थियो ।

Related Articles

Check Also
Close
Back to top button