समाचार

मैले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप हुन्नँ : प्रधानमन्त्री

Spread the love

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह पनि गरेका छन् ।

संसारमा कोही पनि अजम्बरी छैनन् भन्दै प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुने उल्लेख गरेका छन् ।

Related Articles

Close