समाचार

पोखरा विमानस्थल निर्माणमा षड्यन्त्र भएको कास्की काँग्रेसको ठहर, मुख्यमन्त्री गुरुङलाई ज्ञापनपत्र पेश

Spread the love

पोखरा, २५ जेठ ।
नेपाली कांग्रेस कास्कीले पोखरा विमास्सथाल निर्माणमा षड्यन्त्र भएको ठहर गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार चार नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन कास्की काँग्रेसले ज्ञापनपत्र बुझाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउदै कास्की काँग्रेसका सभापति कृष्ण केसीले अन्र्तराष्ट्रिय विमानस्थल कस्केली जनताको चाहाना र चार नम्बर प्रदेशको समृद्विसँग जोडिएको विषय भएकाले कुनै पनि बहानामा विमानस्थल निर्माण कार्यको षडयन्त्र स्वीकार्य नहुने बताए । उनले विमानस्थल निर्माणमा अवरोध सृजना गरिए प्रतिरोधपूर्ण शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । ज्ञापनपत्र बुझदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चार नम्बर प्रदेशलाई पछि पार्ने काम हुन नदिने बताए । विमानस्थल निर्माणमा जस्तो सुकै बाधा÷ब्यवधान आएपनि रोक्न नहुने उनको भनाइ छ । उनले विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सवै मिलेर निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईका अनुसार, ज्ञापनपत्रमा विमानस्थल निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र भएको भन्दै खेद प्रकट गरिएको छ । सवै प्रक्रिया पूरा भयो भनेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले विमानस्थल शिलान्यास गरेको स्मरण गराउँदै आज उनै ओली प्रधानमन्त्री भएका बेला उडानका लागि योग्य नभएको प्रतिवेदन तयार पार्न लगाउनु गम्भिर षडयन्त्र भएको जनाइएको छ ।

Related Articles

Back to top button