समाचार

पोखरा लेखनाथ महानगरद्धारा बेगनासताल टोलविकास संस्थाको अनुगमन तथा निक्षिण

Spread the love

बेगनास, २ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाले पोखरा लेखनथा ३१ को वेगनासताल टोलविकास संस्थाको अनुगमन तथा निरिक्षण गरेको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेल, सहायक प्रशासकिय अधिकृत हेमलाल अधिकारी, पोखरा लेखनाथ महनगर आन्तरिक लेखा परिक्षक रविन्द्र अधिकारी, नासु इन्दिरा न्यौपाने लगाएतको टोलीले उक्त संस्थाको शनिवार निरिक्षण गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पौडेलले टोल विकास संस्थाले छरिएर रहेको पूजीलाइ एकिकृत गरी उद्येमी व्यवसायिहरुको आय आर्जनमा वेगनासताल टोल विकास संस्थाले सम्पादन गरेको कामको सह्रना गर्दै आगामी दिनमा वेगनासताल टोलिविकास संस्थाले सम्पादन गर्ने कार्यमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वेगनासताल टोलविकास संस्थाका अध्यक्ष ऋषिराम रानाभााटले वेगनासताल टोल विकास संस्थाले हाल सम्म सम्पादन गरेका कार्यक्रमहरुको वारेमा जानकारी गराउँदै टोलविकास संस्थाको कार्यालय सन्चालनका लागि अप्ठेरो परेको अवगत गराउनुका साथै वेगनासतालमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न महानगरले विशेष कार्यक्रम मार्फत योजना तर्जुमा गरी वजेट विनीयोजन गर्न आग्रह गरेका थिए । वेगनासताल टोल विकास संस्थाका उपाध्यक्ष सिता कार्की , केषाध्याक्ष विजयराज कंडेल लगाएतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसै गरी आवास नगर टोलविकास संस्था,लक्ष्मी आदर्श टोलविकास संस्था र सिर्जनशिल टोलविकास संस्थाको पनि अनुगमन तथा निरिक्षण गरिएको आन्तरिक लेखा परिक्षक अधिकारीले जानकारी दिए ।

Related Articles

Back to top button