खेलकुुद

पोखरामा प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

Spread the love

पोखरामा प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु
पोखरा , २० जेठ ।
पोखरा रंगशालामा आइतबवार बाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटर छात्र तर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्ण पदक ल्याएका छन । उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पुरा गरे । सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारे । उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पुरा गरेका थिए भने लमजुङ्गका अदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदक प्राप्त गरे । यसै गरि छात्रा तर्फको १५ सय मिटर दौडमा स्याङ्गजाकी जमुना खरेलले स्वर्ण पदक प्राप्त गरिन भने गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अष्मिता पौडेलले काश्य पदक ल्याइन ।

छात्रतर्फको ८ सय मिटर दौडमा कास्कीका बिबेक अधिकारीले स्वर्ण, लमजुङ्गका प्रकाश नेपालीले रजत र गोर्खाका अनिल गुरुङले रजत पदक प्राप्त गरे । सोही दौडको छात्रा तर्फ स्याङजाकी जमुना खरेलले स्वर्ण, गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अस्मिता पौडेलले काश्य पदक ल्याइन । यसै गरि छात्र रिले तर्फ नवलपरासीले स्वर्ण पदक ल्याएको छ भने तनहुँले काश्य र कास्कीले रजत पदक हात पारेको छ । त्यसै गरि सोही इभेन्टमा छात्रा तर्फ कास्कीले स्वर्ण, स्याङजाले रजत र म्याग्दीले काश्य पदक प्राप्त गरेको छ ।
एथलेटिक्सको छात्र शटपुट तर्फ लमजुङका शरद कुमालले स्वर्ण पदक ल्याएका छन भने नवलपरासीका बिबेक महतोले रजत र कास्कीका दिपक थापाले काश्य पदक ल्याए । यसैगरि छात्रा शटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्ण पदक ल्याएकी छन भने लमजुङकी ममता घलेले रजत र तनहुँकी अनु शुनारीले काश्य पदक ल्याइन । आइतबार नै सम्पन्न छात्र हाइजम्प तर्फ पर्वतका समुन्द्र नेपालीले स्वर्ण पदक ल्याए । उनका प्रतिद्वन्दी लमजुङका बिकास थापाले रजत र नवलपरासीका समिर महतोले काश्य पदक ल्याए । छात्रा हाइजम्पमा गोर्खाकी सुष्मिता पन्तले स्वर्ण, कास्कीकी कुशुम राना मगरले रजत र पर्वतकी रिना कुवरले काश्य पदक ल्याइन ।

यसैगरि छात्र कब्बडी तर्फ सम्पन्न भएको पहिलो चरणका खेलहरुमा बागलुङ, गोर्खा, कास्की, तनहुँ र लमजुङले जित निकालेका छन भने छात्रा तर्फ कास्की, स्याङजाले जित दर्ता गराएका छन ।

Related Articles

Check Also

Close
Close