समाचार

पोखरा पामेमा १५ औँ राष्ट्रिय धान दिवस सम्पन्न

Spread the love

पोखरा , असार १५ ।
धान उत्पादनमा वृद्धि ः राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सब सम्पन्न भएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित १५ औ असारे रोपाई महोत्सव पोखरा महानगरपालिका २४ पामेमा भएको हो । स्थानीय अशोक पालिखे र कृष्णमोहन पराजुलीको चार रोपनी खेतमा सम्पन्न महोत्सवमा रोपाई प्रतियोगिता, हिलोमा माच्छा समात्ने प्रतियोगीता, पर्यटन दौड प्रतियोगिता, रसी तान्ने प्रतियोगिता , साउने प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो भने पत्रकार हिले दौड प्रतियोगितामा रेडियो सफलताका प्रतिनिधि प्रथम , गोरखाली रेडियोका प्रतिनिधि द्धितिय र गाउँले मिडियाका प्रतिनिधि तृतिय भएका कुरा पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले जानकारी दिए ।

 


प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सो कार्यक्रमको उद्घाटन गर्दै कृषिको आधुनिकीकरणको माध्यमबाट आत्मनिर्भर बन्न सकेमात्र पनि त्यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले कृषिसँग पर्यटनलाई जोड्दै प्रदेशको समृद्धि र विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य राजीव पहारीले कृषियोग्य जमीन बाँझिने क्रमका साथै खण्डीकरणलाई रोक्नका लागि वैज्ञानिक भू–उपयोग नीतिमार्पmत बाँझिएका जमीनमा खेती गरी राष्ट्रिय उत्पादकत्वमा वृद्धि ल्याउनु अपरिहार्य भएको उल्लेख गरे ।

 

Related Articles

Close