समाचार

पोखरा उपत्यका बृहत सफाइ १०५ औं हप्ता वेगनासताल किनारमा

Spread the love

लेखनाथ, १९ जेठ ।
पोखरा बृहत सफाइ अभियान अन्तर्गत शनिवार पोखरा लेखनाथ ३१ बेगनासतालको मन्धरेपार्कमा सम्पन्न भएको छ । १४ औ. हप्ता सम्म वेगनासताल वरिपरी सरसफाइ अभियान जारी राखेको पोखरा लेखनाथ ३१ मा रहेको वेगनास युवा क्लबको समन्वयमा पोखरा बृहत सफाइ १०५ औं हप्ता वेगनासतालको बाँध, मन्धरे पार्क, पिक्निक स्पोर्टमा सरसफाइ गरिएको हो ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंम सेवा भन्ने उद्धेश्यका साथ शुरु गरिएको अभियानमा पोखरा उपत्यका बृहत सफाइ अभियानका संयोजक राम बहादुर पौडेलको नेतृत्वमा भएको सफाइ अभियानमा पोखरा लेखनाथ ३१का वडा अध्यक्ष कमल बहादुर थापाले विशेष गरी वेगनासतालमा पर्यटन प्रवद्र्धनको विकासका लागि विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी वातावरण सफा राख्ने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सम्पूर्ण सफाइ अभियानताहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

प्रदेश नं ४ का प्रहरी प्रमुख दानसिंह वोहोरा, पोखरा लेखनाथ महानगरपालिका कार्यकारी अधिकृत शेषनारायण पौडेल, प्रहरी कार्यालयका गणपति एस पि लालमणी आचार्य, वागमती सफाइ अभियानका अभियान्ता नारायण श्रेष्ठ, पोखरा लेखनाथ महानगरपािलका कार्यालयका कानुनी अधिकृत राममणी अधिकारी, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियसन, वेगनासताल महिला समूह, वेगनासताल टोल विकास संस्था, मुक्तिनाथ विकास बैंक बुढिबजार शाखा, तमु समाज, सुरक्षा निकाय, विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरु, टोल विकास संस्थाहरु, महिला समुहहरु, युवा क्लबहरु, डुङ्गा व्यवसायी समिति, वेगनासताल वस समित, वेगनासताल वजार व्यवस्सथापन समिति लगाएत विभिन्न सामाजिक संघ संस्थाहरुको सक्रियतामा भएको सफाइ अभियानमा फोहोर मेला संकलन गरी फोहोर व्यवस्थापन गरिएको बताइएको छ ।

Related Articles

Check Also
Close
Back to top button