समाचार

पोखरा ३०मा दिप प्रज्वलन

Spread the love

लेखनाथ, असोज ३ ।
नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा ३० नं. वडा कार्यालय को आयोजनामा कार्यालय प्राङ्गणमा बुधबार दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको दिप प्रज्वलन गरी शुरु भएको कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष श्रीराम पोख्रेलले नेपाली जनताका हक अधिकार र चाहनालाई नयाँ संविधान जारी भएसंगैं संस्थागत भएको जिकीर गरे ।
कार्यक्रममा लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु प्रसाद बरालले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रमा रुपान्तरित गर्न सक्ने विश्वास यक्त गरे । वडाध्यक्ष पोख्रेलको अभिभावकत्वमा सम्पन्न कार्यक्रममा लेखनाथ सामुदायीक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय वासीहरु, बाल तथा समाज कल्याण क्लवका प्रतिनिधिहरु ल्गायतको उपस्थीती रहेको कार्यक्रमको स्वागत वडा सदस्य शारदा बाँस्तोला र कार्यक्रमको सञ्चालन सह–सचिव दिपक कोईरालाले गरेका थिए ।

Related Articles

Close