समाचार

पोखराको ३१ नं. वडालाई विद्यालय उमेर समुह(५–१२ वर्ष) का वालबालिका भर्ना भएको सुनिश्चित वडा घोषणा

Spread the love

लेखनाथ, असोज १७ ।
पोखरा महानगरपालिकाको ३१ नं. वडालाई विद्यालय उमेर समुह (५–१२ वर्ष) उमेर समुहका वालबालिका भर्ना भएको सुनिश्चित वडा घोषणा गरिएको छ । बुधवार एक कार्यक्रमका विच वडालाई सुनिश्चित वडा घोषणा गर्दै कास्की क्षेत्र नं.१ का सांसद खगराज अधिकारीले शिक्षा पाउने अधिकारलाई आधारभुत अधिकारको रुपमा नयाँ संविधानमा उल्लेख गरिएको र त्यसलाई अबका दिनमा कार्यान्वयन गर्नु पर्ने बताउँदै गुणस्तरीय शिक्षामा जोड दिए ।

कार्यक्रममा कास्की जिल्ला समन्वय समितिका उपाध्यक्ष सावित्री भण्ढारी, पोखरा महानगर शिक्षा प्रमुख हेम प्रसाद आचार्य, विद्यालय निरिक्षक विश्वराज आचार्य, वरिष्ट कलाकार चेतन कार्की, अम्मर सिद्ध नमुनमा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर भक्त थापा, आनन्द ज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण तिवारी लगाएतले वर्तमान शिक्षाको अवस्थाको वारेमा आ आफ्नो धारणा राखेका थिए ।
अम्मर सिद्ध नमुना माविका प्रधानाध्यापक विष्णु पौडेलले स्वागत गरेका थिए । पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन भण्ढारढिक स्रोत केन्द्रका स्रोत व्यक्ति विष्णु प्रासद तिवारीले गरेका थिए ।

Related Articles

Close