समाचार

पोखरा विमानस्थलको निमार्ण ६ महिनाअघि सकिने पर्यटन मन्त्री अधिकारीको दाबी

Spread the love

पोखरा, २९ मंसिर ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा क्षेत्रिय विमानस्थलको निमार्ण कार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकिने बताएका छन् । शुक्रबार, तेस्रो काहुँ धरहरा महोत्सवको उद्घाटन गर्न पोखरा ११, काहुँ पुगेका उनले यस्तो बताएका हुन् बेलाबेलामा विमानस्थल नबन्ने आशंका पैदा भए पनि अब कसैले रोक्न नसक्ने उनको भनाई थियो । ‘अब विमानस्थल निमार्ण कार्य कसैले रोक्न सक्दैन,’ उनले भने, ‘एकदमै तिव्र गतिमा काम भई रहेको छ ।

तोकिएको समयभन्दा ६ महिना अघि काम सक्छौं ।’ २०२० मा २० लाख पर्यटक नेपाल भित्रयाउँने लक्षको नजिक अहिले नै पुगि सकेको उनको भनाई थियो । ‘त्यो सफलताका लागि टाढा जानु पर्दैन,’ उनले भने, ‘२०२० पुग्दा २६÷२७ लाख पर्यटक पु¥याउँने छौं ।
२०३० सम्ममा ५० लाख भन्दा बढि पर्यटक भित्रयाउँछौं ।’ जहाजबाट आउँने पर्यटक मात्र ११ महिनामा १० लाख नाघिँ सकेको उनले सुनाए । पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु नयाँ – नयाँ तरिका अपनाएर पर्यटन बृद्धि गर्नतर्फ लाग्न आग्रह समेत गरे । सरकारले अब विकास निमार्णको काम तर्फ गति लिन थालेको उनको भनाई थियो ।

‘स्थानीय सरकार जमिनमा छ । प्रदेश सरकार केन्द्रमा छ । र हामी छौं,’ उनले भने, ‘३ वटै सरकारको एउटै लक्ष छ मुलुकको विकास र समृद्धि गुर्न । त्यसका लागि हामी अविचलित भएर अगाडि बढ्छौं ।’ देश विकासको लागि उद्यमशिलताका विकास गर्नु पर्ने उनको भनाई थियो ।

Related Articles

Check Also

Close
Close