समाचार

विन्ध्यवासिनी मन्दिरमा फूलपाती मित्र्याइयो

Spread the love

विन्ध्यवासिनी मन्दिरमा फूलपाती मित्र्याइयो
पोखरा, ३० असोज ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष(दुर्गापक्ष) सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ ।
फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

Related Articles

Close