अर्थ खबरमनोरञ्जनसमाचार

पोखरा महोत्सवबाट जु–लोजिकल पार्क हेर्ने अवसर

Spread the love

पोखरा ३ माघ ।
पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट लेखनाथमा निर्माणाधिन पोखरा जु लोजिकल पार्कमा जानेको भीड लागेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले लेखनाथ बस सञ्चालक समिती संगको सहकार्यमा महोत्सवमा आउने जो पोखरा जु लोजिकल पार्क अवलोकनका लागी दर्शकहरुलाई निशुल्क ल्याउने र लैजाने ब्यवस्था गरेपछि जुलोजिक पार्कमा जाने दर्शकको भीड लागेको छ । महोत्सव स्थलबाट चिडियाखानको झल्को दिने गरी सजिएको बसबाट लेखनाथको पचभैयामा रहेको १३४ हेक्टर सामुदायिक बनमा निर्माणाधिन जुलोजिकल पार्कको अवलोकनका लागी दैनिक बस लाग्ने गरेको र हाल सम्म ८ सय बढीले जु लोजिकल पार्कको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
महोत्सवकै आयोजना गरी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण हुनुपर्दछ भनी आवाज उठाउदै आएको युनाइटेड क्लवलाई मुलुक संघीय संरचनामा गएसंगै गण्डकी प्रदेश सरकारले चिडियाखाना निर्माणको स्वामित्व ग्रहण गरे संगै आफ्नो उद्देश्य पुरा हुने छनक देखिएको छ । नवौ संस्करणको पोखरा महोत्सव सञ्चालन भइरहदा हाल सम्म युनाइटेड क्लवले मात्र ४५ लाख ८५ हजार पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणधिन जुलोजिकल पार्कमा खर्च गरिसकेको छ ।
पोखरा महानगरको ३०, ३१ र ३२ नम्बर वडामा रहेको १ सय ३४ हेक्टरमा फैलिएका सामुदायिक बनहरु पचभैया, चैनपुर र चायापानी चिसाकुना सामुदायिक बन क्षेत्रमा यतिवेला जुलोजिकल पार्कको काम तीब्र गतिमा अगाडी वढेको छ । जुलोजिकल पार्क निर्माण अगाडिनै युनाइटेड क्लव, साविकको लेखनाथ नगरपालिका र पोखरा महानगरपालिकाको सहयोगमा उक्त स्थानमा वन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भइसकेको छ । गण्डकी प्रदेश आसपासमा घाइते अवस्थामा भेटिएका वन्यजन्तुलाई उद्धार गरी केहीलाई खुल्ला रुपमा छाडिसकिएको छ । तीनै जनावरहरुको अवलोकनका लागी पोखरा महोत्सव सञ्चालन अवधिभर निशुल्क बसको ब्यवस्था गरेको छ ।
यसैक्रममा बिहीबार महोत्सव स्थलबाट चिडियाखाना निर्माण स्थल पुगेर फर्केकी पोखरा १५ काजीपोखरीकी चिजा गुरुङले महोत्सवमा आफुहरुले खर्चेको पैशाबाट यति ठूलो काम भएको रहेछ भन्ने थाहा पाउदा दङ्ग परिन गुरुङले पाहिलो पटक अजिंगर, मृग, आकाशमा उड्ने बाजलाई नजिकबाट हेर्न पाउदा निकै खुसी लागेको वताइन । गुरुङ संगै जुलोजिकल पार्क पुगेर फर्केका पोखराका अग्निधर तिमिल्सिनाले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी ८ वर्षको अवधिमा चिडियाखाना जस्तो सवैलाई समेट्ने योजनामा लागेको र यसले जंगली जनावरको संरक्षणमा मदत पुग्ने वताउदै अन्य महोत्सवलाई नभइ पोखरा महोत्सवलाई सम्पूर्ण पोख्रेलीले साथ दिनुपर्नेमा जोड दिए ।
लेखनाथको पचभैया आसपास रहेका बासिन्दाहरुलाई समेत पचभैयामा के भइरहेको छ भन्ने कुरा समाचारमा बाहेक प्रत्यक्ष हेर्ने मौका मिलेको थिएन । मिलोस पनि कसरी हाल उक्त स्थानमा निर्माणकार्य तीब्र पारिरहदा जुलोजिकल पार्क निर्माण समितीले सर्वसाधारणका लागी उक्त स्थान खुल्ला गरेको छैन । कास्कीको मादी गाउपालिका लिपेनी घर भइ पोखरा बस्दै आएका सोमलाल दाहाल पचभैया जंगलमा पुग्दा आफुले नसोचेको कुरा देख्नुपर्यो । दाहालले आफु गाउ आउने जाने गर्दा जंगललाई पर बाट देख्ने गरेको भएतापनि भित्री अवस्था थाहा नभएको र सोमबार पोखरा महोत्सवमा आउदा आफु त्यहा पुग्ने इच्छा प्रकट गरी बस चढेर त्यहां पुग्दा पोखरामात्र नभइ गण्डकी प्रदेशकै गहनाको रुपमा बिकसित हुने गरी काम भएकोमा दंग परे । दहालले भने नेपालकै नमुना चिडियाखाना हुनेछ ।
उक्त स्थानमा हाल प्रदेश सरकार गण्डकीले १ करोड ५० लाख बिनियोजन गरी विभिन्न १० वटा पूर्वाधारहरु निर्माण कार्य भइरहेको छभने । प्रदेश सरकारले उक्त क्षेत्रमा चिडियाखानाको डिपिआरका लागी छुट्टै १ करोड ५० लाख रुपैया निकासा भइरहेको र आगामी असोज बाट सर्वसाधारणलाई समेत जुलोजिक पार्क खुल्ला गरिने जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले वताए ।
महोत्सवको सातौ दिन चर्चित दोहोरी गायिका ज्योती मगरको प्रस्तुतीले महोत्सवमा आएका दर्शकलाई आफ्नो प्रस्तुती मार्फत भरपुर मनोरन्जन प्रदान गरिन । ज्योती संगै जीवन दाहाल, माधव चापागाइ, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुती रहेको थियोभने हास्य ब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुतीले महोत्सवका दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवमा सांस्कृतीक कार्यक्रम तर्फ तरेली सांस्कृतीक परिवारको लोक संस्कृती रहेको थियो भने लालीगुराँस पुन मगर समाज लामाचौरको धौलागिरी क्षेत्रमा प्रचलित लोपोन्मुख मगर संस्कृतीमा आधारित थाली नाच प्रस्तुती रहेको थियो । लाइभ ब्याण्ड तर्फ दीपक बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुतीले महोत्सवमा सांझका दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

Related Articles

Close