समाचार

पोखरा लेखनाथ–२८ मा नागरिक सुनाई कार्यक्रम सम्पन्न

वडावासी भन्छन् : महानगरवासी भईयो विकास भएन

Spread the love

कालिका, असार १८ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २८ का बासिन्दाहरुले महानगरवासी भए पनि सोचे अनुसारको विकास निर्माणका कामहरु नभएको भन्दै गुनासो गरेका छन ।
साविक कालिका गाविस अन्तरगत रहेको वडा नं–२८ ले सोमवार राखेको ‘नागरिकको सेवामा हाम्रो दायीत्व’का विषयमा राखेको बृहत्त नागरिक सुनाई कार्यक्रममा सहभागी वडावासीहरुले पुर्वाधार बिना नै गाउँपालिकाबाट सोझै महानगरपालिका हुँदा विकास निर्माणका कामले गति नलिएको गुनासो र तिव्र आलोचना गरेका थिए । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्रीको गृह वडा भएर पनि विकास निर्माणका काममा नजर नपुग्दा वडाको विकास पछाडी परेको कुरामा जोड दिदै वडावासीले चर्को रुपमा आक्रोस ब्यक्त गरेका थिए ।

महानगरपालिकामा नै भौगोलिक हिसावले विकट मानिएको वडा नं २८ को ग्रामिण भेकमा अहिले सम्म पक्कि सडक नपुग्नु र भएको बाटो पनि जिर्ण अवस्थामा रहेकोले आगामी दिनमा यस क्षेत्रको विकास निर्माणका सबैको ध्यान जानु पर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वडा भित्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका समस्या यथावत रहेकाले आफुहरुले महानगरबासी भएको अनुभव गर्न नपाएको गुनासो गरेका थिए ।

सोही अवसरमा वडावासीको सवालको जवाफ दिदै वडाअध्यक्ष निर्मल दियालीले एक बर्षे कार्यकालमा विकासका लागि सम्वन्धित निकायमा ध्यानकर्षण गराएको र विस्तारै विकासले गति लिने विश्वास दिलाउँदै सवैको साथ सहयोगले नै विकासले गतिलिने कुरामा जोड दिएका थिए । वडासदस्य अम्विका वुढाथोकीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संयोजन वडासचिव सोभाखर ढकालले गरेका थिए भने वडावासीहरुले वडागत समस्या र आगामी दिनमा गर्नु पर्ने विकास निर्माणका बारेमा सुझाव राखेका थिए ।

Related Articles

Close