समाचार

पोखराको चिप्लेढुंगा चोकको सडक भासियो

Spread the love

पोखराको चिप्लेढुंगा चोकको सडक भासियो
पोखरा, ३२ जेठ ।
पोखराको चिप्लेढुंगामा चोकको सडक भासिएको छ । पोखरा–४ चिप्लेढुगाको विपिको सालीक पछाडिको बीच सडकमा शनिबार बिहान भासिएको हो । सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले अनुमान गरेका थिए ।

डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए । खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको उनले बताए । भासिएको सडक हेर्न सर्वसाधरणको भिड लागेको थियो । पोखरामा शुक्रबार दिउँसो ८३ मिलिमिटर वर्षा भएको थियो । पोखराका ठाउँमा जमीन भासिने गरेको थियो ।

Related Articles

Close