अन्य

उम्मेद्वारी दर्ता गर्न जादा एमाले महासचिव पोखरेल र रबिन्द्र मिश्रको जम्काभेट, रविन्द्रले सोधे -“तपाईहरु आएपछि त ट्राफिक जाम नै भयो नि?”

Spread the love

काठमाडौं, १६ कात्तिक– काठमाडौं १ बाट उम्मेदवारी दर्ता गर्न पुगेका विवेकशील साझा पार्टीका संयोजक तथा चर्चित सञ्चारकर्मी रवीन्द्र मिश्र मनोनयनपछि फर्किंदै थिए । त्यसैबेला एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा बाम गठबन्धनका उम्मेदवार विजुलीवजार उम्मेदवारी दर्ताका लागि पुगे ।

ठूलो र्याली सहित उम्मेदवारी दर्ताका लागि पुगेका एमाले महासचिव पोखरेल काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गराउँदै थिए । एमाले महासचिव पोखरेल र साझा विवेकशीलका मिश्रबीच निर्वाचन कार्यालयमै भेट भयो । सोही बेला मिश्रले पोखरेललाई सोधिहाले– ‘तपाईंहरु आएपछि त बाहिर ट्राफिक जाम नै भयो नि ?’ पोखरेल हस्याइलो पाराले जवाफ दिए– ‘हो त नि, हाम्रा समर्थक नै धेरै छन् ।’ पोखरेल र मिश्रबीच केहीवेर आपसमा शुभकामना आदानप्रदान भयो ।

निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर ५ र ७ का लागि विजुलीवजारमा उम्मेदवारी दर्ताको लागि कार्यालय खडा गरेको थियो ।

Related Articles

Back to top button