समाचार

पोखरामा विविध कार्यक्रम गरी ६३ औं प्रहरी दिवस मनाइयो

Spread the love

पोखरा, २५ असोज ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा ६३ औं प्रहरी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रदाञ्जली तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुख्य मन्त्री गुरुङ्गले समयको परिवर्तन संगै आम नागरिकले नेपाल प्रहरी आफ्नो सबैभन्दा नजिकको साथी हो भन्ने महुशुस गरिसकेको बताउदै यसलाई जिवन्तता दिन प्रहरीले थप जनलक्षित गतिविधी गर्न आवश्यक रहेको बताए ।

उनले विज्ञान र प्रविथिको विकास संगै समाजमा नयाँ खालका अपराधहरु घट्ने गरेको बताउदै त्यसलाई निस्तेज पार्न नेपाल प्रहरी संगठनलाई वैज्ञानिक स्रोत साधन र दक्षताले सम्पन्न गराउनुको विकल्प नरहेको बताए ।

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले नेपाल प्रहरी संगठन भित्र सक्षमता र दक्षताको कुनै कमि नभएको बताउँदै यसलाई थप आधुनिकिकरण र स्रोत साधनले सम्पन्न गराउन आवास्यक रहेको बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सेवा प्रवाहका शिलसिलामा आफ्नो प्राणको आहुति दिने सम्पुर्ण अमर प्रहरीप्रति श्रद्धा सुमन अर्पण गर्दै संघियताको कार्यान्वयन संगै राष्ट्रको संस्थागत र प्रशासनिक विकासका क्रममा समाजमा आईपर्ने जस्ता सुकै चुनौतीहरुलाई पनि सामना गर्न नेपाल प्रहरी हरदम तयार रहेको बताए । सो अवसरमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरीको मुलभुत कार्यमा उल्लेखनीय योगदान पु¥याउने तथा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ब्यक्ति र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।

Related Articles

Check Also

Close
Close