समाचार

राजनीतिमा शिक्षित युवा जनशक्तिको खाँचो— कोइराला

Spread the love

लेखनाथ, १६ असार

पोखरा लेखनाथ २७ मा रहेको डायमण्ड माध्यमिक विद्यालयले एसईई परीक्षा २०७४ मा सम्मिलित भई उत्तीर्ण हुन सफल विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. ४ का सभासद् दीपक कोइरालाले उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै राजनीतिमा शिक्षित युवा जनशक्तिको खाँचो रहेको कुरा औँल्याएका थिए । सो अवसरमा बोल्दै कोइरालाले घोकन्ते विद्या भन्दा सैद्धान्तिक र व्यावहारिक शिक्षामा जोड दिन आग्रह गरेका थिए ।

३.६५ जि.पि.ए भन्दा बढि ल्याउन सफल विद्यार्थीलाई दोसल्ला, खादा, प्रमाणपत्र र अबीरले सम्मान गरिएको कार्यक्रममा अन्य विद्यार्थीलाई प्रमाणपत्र, खादा र अबीरले सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट हुन सफल भावना बास्तोला र विवेक भण्डारीलाई डायमन्ड विशेष अवार्डद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै भण्डारढिक स्रोतका स्रोत व्यक्ति विष्णुप्रसाद तिवारीले प्रविधिको दुरुपयोग नगरी सदुपयोग गर्न सके विद्यार्थीलाई फाइदा पुग्ने कुरा बताएका थिए । विद्यालयका प्राचार्य यामबहादुर रोकाले विद्यालयको नतिजा, गतिविधि र भावीयोजनाबारे जानकारी गराएको कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै उपस्थित अतिथि, अभिभावक, आमन्त्रित व्यक्तित्व लगायत सबै प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा अभिभावकको तर्फबाट बुद्धिसागर भण्डारले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिएको उक्त कार्यक्रममा उत्तीर्ण विद्यार्थीको तर्फबाट जिया सापकोटाले विद्यालयमा सिकेका कुराले व्यावहारिक ज्ञानमा सहयोग पु¥याएको धारणा राखेकी थिइन्

विद्यालयका संस्थापक एवम् वि.व्य.स.का अध्यक्ष भोजराज लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका संस्थापक एवम् व्यवस्थापक हरिप्रसाद लामिछानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक नारायण प्रसाद पराजुलीले गरेका थिए ।

Related Articles

Close