अन्य

प्रचण्डका कायकर्ताहरु मात्रै होइन उम्मेदवारले नै बोक्न थाले हतियार, पेस्तोल र गोली सहित गोरखाबाट माओवादी उम्मेदवार नै पक्राउ

Spread the love

गोरखा – गोरखामा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार सुशिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ ।

आज निर्वाचनलाई लक्षित गरी गरिएको सुरक्षा चेकजाँचका क्रममा भिमसेन गाउँपालिका ३ धावाबाट प्रहरीले बा ७३प ३३८३ नम्बरको मोटरसाईकलबाट हतियार फेला पारेको बताइएको छ ।मोटरसाईकल चालक भने चेकजाँच भएको देखेर पेस्तोल भएको झोला फालेर फारर भएको बताइएको छ ।

मोटरसाईकल चालक भिमसेन गाउँपालिका ४ का गुणप्रसाद खनालको साथबाट नौ एमएम पेस्तोल सहित गोली बरामद भएको हो ।माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार सिम्खडालाई लिएर हतियारसहित खनाल चुनाव प्रचार अभियानमा गएका थिए । गुणप्रसादको खोजी भईरहेको छ ।

Related Articles

Back to top button