समाचार

प्रकृति टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, भदौ ९ ।
पोखरा महानगरपालिका वडा नं.३१ तल्लो मोहोरीयमा रहेको प्रकृति टोल विकास संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यक्रम गर्दै क्रियासिल रहेको टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा संस्थाको अध्यक्ष प्रेम रानाभाटको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा प्रमुख अतिथि पोखरा ३१ का वडा सदस्य विष्णु बहादुर भुजेलले टोलका वासिन्दा सबै एक जुट भइ अगाडि बढेमा छिटै नै टोलको विकास हुने भन्दै टोल को विकासका लागि आफ्नो तर्फबाट वडा मार्फत गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा टोल विकास संस्थामा आबद्ध रहेका महिला दिदी बहीनीहरुलाइ दर खुवाइनुका साथै वाल वालिकाको वृत्ति विकासका लागि हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता लगाएतका कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो भने विश्वज्योती सुवेदीले कार्यक्रम सन्चालन गरेकी थिइन साथै सोही वार्षिक साधारण सभामा टोलको वातावरण स्वच्छ राख्न डस्टविनहरु समेत राखिएको थियो टोल विकास संस्थाका अध्यक्ष प्रेम रानाभाटले जानकारी दिए ।

Related Articles

Close