समाचार

कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : देउवा

Spread the love

पोखरा, १२ फाल्गुण

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशन एबम् सम्मान कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

लोकतन्त्र स्थापनामा प्रेसको भूमिका महत्वपूर्ण रहेको भन्दै लोकतन्त्रमा प्रेस स्वतन्त्र हुनु पर्ने बताए । पत्रकार महासंघ कास्कीको सभा हलमा नेपाल प्रेस यूनियन कास्कीका अध्यक्ष शिरोमणी बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पत्रकार कबिर राणा र समीरजङ्ग शाहलाई यस वर्षको प्रेस युनियन पत्रकारिता पुरस्कार प्रदान गरिनुका साथै सम्मान गरिएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

Related Articles

Close