अन्य

प्रधानमन्त्री केपी ओलीबाट यो व्यवस्था र संघीयता खतरा रहेको कांग्रेस नेता गगन थापाको आरोप

Spread the love

काठमाण्डौ, २८ जेठ ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढि खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गम्भिर आरोप लगाएका छन् । नेता थापाले यो व्यवस्थालाई जोगाउने दायित्व आफ्नो पार्टीको रहेको दाबी पनि गरे ।
सोमबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरेपनि सबैभन्दा बढि खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाट रहेको दाबी गरेका हुन् । “नेपालमा सबैभन्दा बढी संघीयता मन नपराउने मान्छे को हो ? सबै भन्छन्– चित्रबहादुर केसी, तर होइनन्,” थापाले भने, “प्रधानमन्त्री केपी ओली हुन् ।” उनले उनीबाटै अहिलेको व्यवस्था खतरामा पर्ने देखेको बताए ।
“यो व्यवस्थाको जिम्मा लिएर जनताबाट सबैभन्दा बढी मत लिएकै नेताबाट यो व्यवस्था खतरा छ,” थापाले भने, “यो व्यवस्था समस्यामा पर्ने देखेको छु ।” नेता थापाले अमेरिका, फिलिपिन्स लगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दाबी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा सो कुरा देखिएको तर्क पनि गरे । नेता थापाले हारको मानसिकता बोकेर कांग्रेस अघि बढन नसक्ने पनि स्पष्ट पारे ।

Related Articles

Back to top button