विश्व

प्रधानमन्त्री ओली र चिनका राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुदै

Spread the love

बेइजिङ, चीन , असार ६ ।
चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
बेइजिङमा उनी हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा रहेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग पनि भेटवार्ता गर्नेछन । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए ।

Related Articles

Back to top button