समाचारसमाज

संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलित

Spread the love

असार १९, काठमाडौं । नोभेल कोरोना भाइरसका कारण जारी लकडाउनको अवधिमा तलबभत्ता नपाएकव भन्दै संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु आन्दोलित भएका छन् ।

शुक्रबारबाट संस्थागततर्फका शिक्षक एवं कर्मचारीहरु विभिन्‍न मागसहित आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले लकडाउनको अवधिमा सेवा सुविधा नपाएको र बर्षौदेखी काम गर्दै आएको संस्थाबाट निकालिनु परेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

आफूले गरेको योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्नें, गुणस्तर शिक्षा, बाल अधिकार र ट्रेड युनियन अधिकार प्रती प्रतिबद्ध, नियुक्ति पत्र तथा सरकारले तोकेको सेवा सुविधा पाउनुपर्ने, आफूहरुले छानेको व्यवस्थापन समितिमा प्रतिनिधित्व हुनुपर्ने र बिना कारण शिक्षकलाई हटाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

Related Articles

Close