
पोखरा ,मंसिर १४
कास्की निर्वाचन क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारी द्वारा आर्थिक बर्ष २०७७७८को स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्बजनिक गर्नुु भएको छ । भट्टराइले पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निर्बाचन क्षेत्रमा रु चार करोडका विभिन्न ३० योजना छनोट गरिएको जानकारी दिनुु भयो ।
संघिय सरकारबाट कास्की क्षेत्र नं. २ मा विनियोजित योजनाहरुको समेत जानकारी दिदै उहाँले योजनामा जनसहभागिताले मात्र बिकास सार्थक र उपलब्धिमुलक हुने बताउनुु भयो । भट्टराइले पारदर्शिता जवाफदेहिता र उत्तरदायित्व, लोकतन्त्रको सारभूत मान्यता भएको बताउँदै यस मान्यतालाई परिपालना गर्दै सामाजिक न्याय र समतामूलक समाजको स्थापना गर्ने उद्देश्यका साथ निरन्तर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एबम गण्डकी प्रदेस सभा सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
हेर्नुहोस कहाँ कुन योजना
१ बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण पोखरा ४ ( १० लाख
२ गणेश मन्दिर पछाडीको सडक स्तरोन्नती पोखरा ४ ( १० लाख
३ पोखरा ७ र ६ ं जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कल्बर्ट सहितको पुल निर्माण, रिटेनिङ वाल ( २५ लाख
४ शिवालय मार्ग ढल निर्माण पोखरा ८( २० लाख
५रक्तसंचार केन्द्र पूर्वाधार निर्माण पोखरा ८ (२० लाख
६ महेन्द्र मा वि, नव प्रभात मा वि भौतिक संरचना निर्माण पोखरा ९( १० लाख
७ जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माण पोखरा९( १० लाख
८ शान्तीबन स्थित स्मृति सभाहल र साहारा आधारभूत प्रा।वि।को भवन स्तरोन्नती पोखरा ९ (१० लाख
९ जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणपोखरा ९( १० लाख
१० कालीका चोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था कृयापुत्री भवन जाने बाटो स्तरोन्नतीपोखरा ११( २५ लाख
११ तुलसीघाट कृयापुत्री भवनपोखरा ११(१० लाख
१२ फुलबारी मार्ग ९शिव मन्दिरबाट जाने सडक पोखरा १५ (१५ लाख
१३ अलकापुर मार्ग स्तरोन्नती पोखरा१५( १५ लाख
१४ गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती पोखरा १६( १० लाख
१५ जेष्ठ नागरिक दिवा सेवा केन्द्र पोखरा १६( १० लाख
१६ शान्तीटोल, सुकाले सडक तथा नाला निर्माणपोखरा १६( १० लाख
१७ घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नती पोखरा १६((१० लाख
१८ नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण तथा फुटपाथ ढलान पोखरा १७ ( १० लाख
१९ खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माण पोखरा १७ ( १० लाख
२० आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार, रामनगरटोल स्तरोन्नती पोखरा १७ (१५ लाख
२१ हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडकपोखरा २०( १५ लाख
२२ इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नतीपोखरा २०( १० लाख
२३ मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण पोखरा २० (१५ लाख
२४ सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार पोखरा २१( १५ लाख
२५ फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण पोखरा २१(१० लाख
२६ बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडक पोखरा २१ (१० लाख
२७ भण्डारीगाउँ हुँदै अधिकारी गाउँ सडक, धुर्सेनी खेल मैदान पोखरा २१ (१५ लाख
२८ गैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन पोखरा ३३ (१५ लाख
२९ खरेनी सिगारेबास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन पोखरा ३३ (२० लाख
३० हुडीकोट चवादी मोटरबाटो, बरपाण्डेथुम सिडी बाटो पोखरा ३३ (१० लाख