अन्य

प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउन सबैको सहयोगको आवश्यकताः प्रदेश मन्त्री गु?ङ

Spread the love

पोखरा, २ जेठ ।
पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको प्रदेश नं. ४ स्तरको ब्यूरो शुभारम्भ भएको छ । प्रदेश नं. ४ का आर्थिक तथा योजना मन्त्री किरण गु?ङले ब्यूरो कार्यालयको बुधबार एक समारोहका बीच शुभारम्भ गरे । जनता टेलिभिजिनको ब्यूरो कार्यालयको शुभारम्भ गर्दै प्रदेश मन्त्री किरण गु?ङले प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउनका लागि आवश्यक सुझाव, सल्लाह र सहयोग गर्न सबैसँग आव्हान पनि गरे ।
प्रदेश नं. ४ लाई समृद्ध बनाउन पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री गु?ङले त्यसको पूर्वाधारह? निर्माण गर्न प्रदेश सरकार लागि परेको जानकारी दिए । यसै गरी पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अहिले स्थानीय तह र प्रदेशको विकासका लागि देखिएका चुनौती र सम्भावनालाई ध्यान दिएर नागरिक केन्द्रीत भई जनप्रतिनिधिले काम गर्नुपर्ने कुरामा जोड दिए । मेयर जिसीले यदि अहिलेका जनप्रतिनिधिह? असफल भएमा नेपाल राज्य नै असफल हुने चिन्ता व्यक्त गरे ।
जनता प्रकाशन तथा प्रशारण संस्थाका अध्यक्ष डा. बिजयकुमार पौडेलले जनता टेलिभिजिनले सबै वर्ग र क्षेत्रलाई समेटेर कार्यक्रमह? उत्पादन तथा प्रसारण गरिरहेको जानकारी गराएका थिए । जनताद्वारा जनताका लागि समर्पित जनता टेलिभिजनलाई सबै प्रकारहको सहयोग र समर्थन गरिदिन आम व्यवसायी, उद्योगी, व्यापारी, विज्ञापनदाता, दर्शक र शुभेच्छुकह? सबैलाई उनले आग्रह गरे ।
कार्यक्रममा जनता प्रकाशन तथा प्रसारण संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदी, विष्णु भट्टराई, जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button