समाचार

प्रदेश–४ को नाम ‘गन्डकी’ प्रदेश बहुमतले पारित

Spread the love

पोखरा, असार २२ ।
प्रदेश नम्बर–४ को नाम ‘गन्डकी’ प्रदेश राखिएको छ । शुक्रबार प्रदेशसभामा भएको मतदानबाट गन्डकी प्रदेशसम्बन्धी प्रस्ताव अत्यधिकत बहुमतले पारित भएको छ । ५९ सदस्यीय प्रदेशसभामा सो प्रस्तावको पक्षमा ५४ मत र्पयो भने विपक्षमा नयाँ शक्ति पार्टीको दुईमतमात्रै र्पयो ।
प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे । सो प्रदेशको स्थायी राजधानी पोखरा हुने प्रस्ताव यसअघि नै पारित भइसकेको छ ।

Related Articles

Close