समाचार

प्रदेश ४ को संसदभवन र मुख्यमन्त्रीको कार्यालय वरपर सभा जुलुस प्रदर्शन गर्न निषेध

Spread the love

पोखरा, २७ जेठ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले प्रदेश ४ को संसदभवन र मुख्यमन्त्रीको कार्यालय रहेको ठाउँ वरपर विरोधका कार्यक्रमहरु गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले एक सुचना प्रकाशीत गरी निषेधित क्षेत्र घोषणा गरेका हुन् । पोखरा लेखनाथ महानगरपालिका ३ स्थित साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदिपुर चोक, उत्तर तर्फको पृथ्वीनारायण क्याम्पस तर्फको सिमलको रुख, दक्षिण तर्फ अधिकारी टोल, पश्चिमा बागबजार तर्फको कम्पाउड भन्दा १ सय मिटर पर सम्मको चार किल्ला भित्र निषेधित क्षेत्र घोषण गरिएको छ ।

यसै गरी पोखरा लेखनाथ महानगरपालिका ७ मा रहेको मुख्यमन्त्रीको कार्यालय वरपरको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषण गरिएको छ । पोखरा ७ को उत्तर तर्फ फिर्के चौतारो, दक्षिण संघिय प्रहरी इकाई कार्यालय र सडक डिभिजन चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयलयको प्रबेशद्धार र पश्चिम प्रहरी कार्यालय सम्म निषेधित क्षेत्र घोषणा गरिएको हो । जेठ २८ गते देखी निषेधित क्षेत्रमा मानिसहरु भेला हुन नपाउने, विरोध प्रर्दशन गर्न नपाउने, जुलुस ¥याली गर्ने नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम आदेश जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Related Articles

Check Also
Close
Back to top button