समाचारसमाजस्थानीय

पोखरा विश्वविद्यालयमा उपकुलपती अर्याललाई स्वागत

Spread the love

पोखरा, १९ असोज ।
हालै मात्र नेपाल सरकारबाट नियुक्ति हुनु भएको पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा.प्रेम नारायण अर्याललाई स्वागत गरिएको छ ।
पोखरा विश्व विद्यालयका कर्मचारी र प्राध्यापकले उक्त स्वागत कार्यक्रमको आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दे अर्यालले आफू निती र नियम भित्र वसेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । विषम परिस्थीती र १ वर्ष सम्म रित्त रहेको उपकुलपती पदमा आफू नियुक्त भएर आउने दिनमा नै विश्वविद्यालयको अवस्था र गर्नु पर्ने कार्यको लिष्ट तयारीमा आफू रहेको समेत वताउनु भयो ।
सोही कार्यक्रममा पोखरा विश्व विद्याल कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले कर्मचारीका मागहरु आगामी दिनमा राख्दै जाने तर अहीले विद्यार्थीको भविष्य वनाउन र उचित समयमा परिक्षा र परिक्षाफल गर्न का लागी खाली रहेका पदमा छिटो भन्दा छिटो नियुक्त गर्नु पर्नेमा जोड दिनु भयो ।
यसै गरी प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डेले राजनिती वाट नियुक्त भएर आउँदा शैक्षिक क्षेत्रमा राजनीती छाप नदेखाउन आग्रह गर्नु भयो । स्कूल अफ विजनेसका डिन प्रा हरि वहादुर खड्काले रिक्त रहेका १ वर्षको काम अवको केही समयमा गर्नु पर्ने भएको हुँदा सवैको साथ आवश्यक रहनेमा जोड दिनु भएको थियो । पोखरा विश्व विद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी र सदस्य हरि त्रिपाठी लगाएतले शुभकामना व्यक्त गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन कर्मचारी तारा सापकोटाले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close