समाचार

बन्दले सर्वसाधारणमा सास्ती

Spread the love

लेखनाथ, ३० बैशाख
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण पोखरा तथा लेखनाथ क्षेत्रमा आंशिक प्रभाव परेको छ । विहानै देखि लेखनाथ पोखराको सडकमा सार्वजनिक यातायात चलेका छैनन् । मोटरसाइकल तथा निजी सवारी साधान भने चलेका छन् । वन्दका कारण पसल भने बन्द रहेका थिए । शिक्षण संस्थाहरु नचले पनि कक्षा ११को आज पहिलो दिनको परीक्षा दिन विद्यार्थीहरु पैदल हिंडेर परीक्षा केन्द्रमा पुगेका थिए । वन्दकर्ता राजमार्गमा नदेखिए पनि चोक चोक सुरक्षाकर्मीहरुको भने वाक्लो उपस्थिति रहको छ । यसै गरी पोखरा लेखनथा २९ सैनिक वस्ती अन्तर्गत पृथ्वि राजमार्ग सडकमा देखिएका शंकास्पद वस्तु सेनाको खालको सकेट बम रहेको उक्त वमलाइ सेनाको वम डिस्पोजल टोलीले निस्कृय गरेको थियो ।

Related Articles

Close