अर्थ खबर

पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छः अर्थमन्त्री खतिवडा

Spread the love

जेठ २३ काठमाडौँ
अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्प पीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले बधुबार आयोजना गरेको काठमाडौंको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको गोष्ठी उद्घाटन गर्दै उनले सरकारले पहिलो प्राथमिकता निजी आवास पुनःनिर्माणलाई दिएको बताए ।

ुदाताबाट ऋण लिएर पीडितलाई अनुदानका रुपमा बाँडी लोक कल्याणकारी राज्यको काम गरिएको छ, घर भत्केपछि भूकम्प पीडितले आफ्नो दायित्व शून्यमा झार्नु हुन्न, सरकारले अनुदान लगायत सहयोग गरेकाले पुनःनिर्माणमा घरधनीले नै अग्रसरता लिनु जरुरी छ, घर तयार पार्ने जिम्मेवारी पीडितकै होु, उनले भने ।
सरकारले एक दशक अघिदेखि सुरु गरेको जनता आवास कार्यक्रममा एक लाख घर बनाउने लक्ष्य राख्दा एक हजार घर बनेका उदाहरण प्रस्तुत गर्दै मन्त्री खतिवडाले पुनःनिर्माणका क्रममा आइपरेका समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए ।

पुनःनिर्माणका लागि दिने भनिएको सहुलियत दरको ऋणको प्रक्रिया सहज बनाउन नेपाल राष्ट्र बैंक र प्राधिकरणले मापदण्ड बनाउनुपर्ने उनले बताए । उपत्यकाको पुनःनिर्माणमा काठको समेत समस्या रहेको गुनासो आएकाले समाधान हुनुपर्ने मन्त्री खतिवडाको भनाइ थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले उपत्यकामा एक लाख दुई हजार घर बन्नुपर्नेमा १० हजार पुनःनिर्माण भइसकेका र २५ हजार बन्न सुरु भएको तथ्यांक प्रस्तुत गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button