मनोरञ्जनसमाचार

राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु

Spread the love

लेखनाथ १७ फागुन ।
पोखरा महानगरपालिकावडा नं.–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले श्रीमद्भागवत ज्ञान महायज्ञको शुरु गरिएको हो ।
महायज्ञ शुरु हुनु पुर्व शनिवार कलश यात्रा गरीएको छ । यात्रामा विभिन्न संघ, संस्था र आमा समुहको सहभागितमा पावरहाउस वाट शुरु भएको विशाल कलश यात्रा गगनगौडा वजार, तल्लोगगनगौडा हुदै महायज्ञ स्थलमा पुगेर समापन गरिएको थियो ।
कलश यात्रामा राधाकृष्ण सांस्कृतिक समुह पोखरा–३२, गायत्री आमा समुह, उज्जल आमा समुह, नव आदर्श आमा समुह, शुभ प्रभात आमा समुह, ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रतिक्षण केन्द्र उप–शाखा गगनगौडा, सम्झौता आमा समुह पोखरा –३०, श्री गणेश नेवाः खल, आत्मज्ञान प्रचार संघ, ठुलोपाटन शक्ति आमा समुह, इनदेणी समुह, परोपकार आमा समुह लगायत विभिन्न संघ संस्था र नागरीक समाजले कलश यात्रामा सहभागी भएका थिए ।
कार्यक्रमको उद्धघाटन गर्दे संघीय सांसद खगराज अधिकारीले शान्ति र मेलमिलाप विना समाज अगाडी वढ्न नसक्ने भन्दै मान्छेले अहङकार, लोभ, ईश्या त्याग्नु पर्ने वताउदै संस्कृति र धर्मको रक्षा एवं जगेर्ना गर्न कै लागि भए पनि ज्ञान महायज्ञ गर्नु पर्ने धारणा राख्दै अधिकारीले संसारमा धर्मको अविस्कार गर्ने देश, ज्ञान र विद्याको देश, शास्त्र, सास्कृत भाषाको उद्गम स्थलको देश, वेद, उपनिषद, महाभारत, रामायण त्रिपिटक लगायतका धार्मिक ग्रन्थ लेख्ने देश नेपाल भएको ठोकुवा गर्दै यो देशको विकास र धार्मिक क्षेत्रको विकासका लागि सवैले आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा महायज्ञ मूल समारोहका संरक्षक एव महन्त मुकुन्दशरण उपाध्याय, देवघाट मन्दिरका पिठाधिस हरिशरण उपाध्याय, ब्रहमण समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा.डा. नारयणप्रसाद अधिकारी, पं. प्रमुख वाचक राधाशरण काफ्ले, राष्टिय समाचार समिति पोखराका प्रमुख वासुदेव पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझा, ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय गगनगौडा शाखा कि चन्द्रिका दिज्यु, महायज्ञका सल्लाहकार मोति गिरी, लगायतले आ आफ्नो धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष एवं संयोजक गणेश खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा उज्जल आमा समुहकी अध्यक्ष रजनी लामिछानेले स्वागत मन्तव्य राखेकी थिएन् भने राधाकृष्ण सांस्कृतिक भजन समुहका सचिव सन्जय ढकालले कार्यक्रम संचालन गरेका थिए ।
पण्डित राधाशरण वाग्ले प्रमुख वाचक रहेको महायज्ञमा दैनिक श्रीमद्भागवत वेद, चण्डी, रुद्री गिता पाठ पारायण र हवन गरीने, विहान ६ बजे देखि भगवत् पुजन र आरती, पाठ पारयण प्रारम्भ र विहान ११ बजे देखि वेलुका ५ बजे सम्म भगवत लिला र झाँकी सहित कथा प्रवचन र साँझ ६ बजे देखि भजनकृतन सहित आरती र भागवत् महात्म्य कथा प्रवचन हुने छन् ।
मन्दिरका संस्थापक गोलोक वासी आचार्य श्री भगवत् शरण देवाचार्य, श्री हरिदास देवाचार्य, पूर्व महन्त लक्ष्मीशरण देव र जग्गा संयोजन कर्ता हरि प्रियादासी अधिकारी तथा सम्पुर्ण पितृहरुको स्मृतिमा फाल्गुण १६ गते देखि २४ गते सम्म श्रीमद् भागवत महापुराण तथा धन धान्याचल ज्ञान महायज्ञ चल्ने छ । भने महायज्ञलाई सफल वनाउनका लागि सहयोगी संस्था सरकारी तथा गैरसरकारी संस्था, लायन्स क्लव, आमा समूह, यूवाक्लव, उद्योगी, व्यवसायी, वित्तिय संस्था, शैक्षिक संस्थातथा सम्पूर्ण वैधिक सनातन धर्माबलम्विहरु लाई मन, बचन र कर्मले सहयोग गर्नका लागि अनुरोध गरीएको छ ।
ज्ञान महायज्ञ भव्य र सभ्य रुपमा सफल पार्नका लागि १ हजार ८ सदस्यीय मूल समारोह समिति र विभिन्न २८ ओटा उप–समिति समेत गठन गरिएको र महायज्ञमा करीव १ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ भने धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ गुरु योजना तयार भईसकेको र अन्य देवी देवताहरुका मन्दिरहरु, यज्ञशाला, गौशाला, संस्कृत विद्यालय, वृद्धाश्रम, अतिथि भवन, संस्कृत विद्यालय भवन, फोहोरा सहितको पानीपोखरी, बहुउद्देश्यीय भवन, आयुर्र्वेिदक चिकित्सालय, मृत्यु संस्कार भवन, आध्यात्मिक चिन्तन भवन, भजन कृतज भवन, योगसाधना भवन, फलफूलोद्यान, पार्क व्यवस्थित बाटो लगायतको संरचना र स्थायी सन्चालन एवं व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको छ ।

Related Articles

Close