समाचार

पोखरा वडा नं. २८ मा राहत वितरण

Spread the love

लेखनाथ, २५ चैत । पोखरा महानगरपालीका वडा नं. २८ मा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना भाईसरको प्रकोप रोकथाम तथा न्यूनीकरणका लागी सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित विपन्न १९२ परिवारलाई वडाले मंगलबार राहत वितरण गरेको हो ।
पोखरा महानगरपालिकाद्धारा प्राप्त राहत प्याकेज साविक कालिका गाविसको कालीका सामुदायिक भवनमा र साविक माझठाना गाविसको माझठाना हेल्थपोष्टमा जनप्रतिनिधि एवं वडाका विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको रोहवरमा वितरण गरिएको वडाध्यक्ष निर्मल दियालीले जानकारी दिए । २ वटा प्याकेजमा वितरण गरिएको राहतमा दैनिक रुपमा ज्याला मजदुरी गरी जिविका चलाउने अति विपन्न परिवारका सदस्य संख्याको आधारमा गरिएको थियो ।
वडाभित्रबाट संकलित ६२० परिवारको नामावलीबाट महानगरले तय गरेको मापदण्डको आधारमा १९२ परिवारलाई छनोट गरिएको थियो । ३ जना सदस्य संख्या रहेको ११४ जनालाई हाफ प्याकेज र ४ जना देखी माथि परिवार सदस्य रहेको ७८ जनालाई फुुल प्याकेजको राहत वितरण गरिएको हो । फुल प्याकेजमा १ बोरा चामल, २ किलो दाल, २ किलो चना, २ पोका तेल र नुन प्रदान गरिएको थियोे ।
वडाध्यक्ष दियालीले विषम परिस्थिीतीका बेला गरिएको राहत वितरणमा छुट फुट हुन गएका विपन्न परिवार भए वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै त्यस्ता परिवारलाई आगामी दिनमा पनि वडाले सहयोग गर्ने जानकारी दिए ।

Related Articles

Check Also

Close
Close