समाचार

शिशुवा नेवा खलःका अध्यक्ष श्रेष्ठद्धारा राहत वितरण

Spread the love

पोखरा–३० निवासी भुवन श्रेष्ठले स्थानिय विपन्न परिवारलाई सहयोग गरेका छन । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाईरसका कारण सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित पोखरा–३० हिमालय हाईल्याण्ड टोल, सुकेडाँडामा डेरा गरी वस्ने विपन्न परिवारलाई श्रेष्ठले व्यक्तिगत रुपमा सहयोग गरेका हुन ।

दैनिक मजदुरी गरेर जिविको आर्जन गर्दै आएका ति परिवारलाई लकडाउनका कारण अप्ठ्यारो परेको देखेपछि श्रेष्ठले ३० नं. वडासँग समन्वय गरि गत आईतबार व्यक्तिगत सहयोग गरेका हुन । उनले दाल, १ बोरा चामल नुन, तेल, मसला, खुर्सानी लगायतका खाद्यान्न सहयोग गरेका हुन ।

श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सबैले मानव सेवा नै धर्म हो भन्ने मनसाय राखेर विपन्न वर्गलाई सहयोग गर्न र उनीहरुलाई हात मुख जोड्ने बातावरण बनाउन आग्रह गरे ।

शिशुवा नेवा खलका अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो संस्थाभित्रका सदस्यहरुमध्ये कोहि विपन्न परीवारका रहेका भए आफुलाई जानकारी दिन र सहज बाताबरणमा कुनै किसिमको झन्झट नहुने गरि नागरिकता तथा परिचयपत्र बिना सहयोग गर्न आफु तत्पर रहेको वताए ।

Related Articles

Back to top button