अन्य

चिनियाँ लगानीमा केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग

Spread the love

काठमाडौं : नेपालमा रेल निर्माण गर्न प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष निकाल्दै चिनियाँ टोली स्वदेश फर्केको छ । नेपाल र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न आएको टोलीले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको ठहर गरेको छ ।

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वको २३ सदस्यीय टोलीले केरुङदेखि लुम्बिनीसम्मको रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरेको हो । शुक्रबार चीन फर्केको टोलीले आफ्नो प्रतिवेदन चिनियाँ सरकारलाई बुझाउने छ ।

नेपाल सरकारले चिनियाँ प्राविधिकलाई रेल निर्माणको सम्पूर्ण जिम्मेवारी चिनियाँ कम्पनीलाई दिइएकाले त्यसको मोडलसमेत तयार गर्न अनुरोध गरेको थियो ।

Related Articles

Back to top button