समाचार

राजपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

Spread the love

फागुन २२,काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। राजपा नेपालको अध्यक्ष मण्डलको बुधबार साँझ बसेको आकस्मिक बैठकले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाप्रति आपत्ति जनाउँदै केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका संयोज महेन्द्रराय यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा दुई तिहाइको सरकार हुँदाहुँदै पनि संविधान संशोधन नगरेको मधेश र थरूहट आन्दोलनका बन्दीहरूलाई रिहाइ नगरेको, उनीहरूमाथि लगाइएका झुटा मुद्दा फिर्ता नलिएको राज्यका हरेक अंगमा दलीय हितको पक्षपोषण गरेको, संघीयतालाई कमजोर पार्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाइ राखेको राजपाले आरोप लगाएको छ।

Related Articles

Check Also

Close
Close