समाचार

राखी मिजुरे सडक खण्ड स्तरोन्न्तीका लागी पाँच करोड वजेट विनियोजन

Spread the love

पोखरा, साउन २५ ।
राखि मिजुरे ग्रामिण सडकको चालु आर्थिक वर्ष २०७५÷०७६ मा स्तरोन्ती हुने भएको छ । जिल्ला समन्वय समिति कास्कीको पहलमा संघिय सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा सडक स्तरोन्नती हुन लागेको हो ।

सडक स्तरोन्नतीका लागी संघिय सरकारले पाँच करोड ५८ लाख र पोखरा महानगरपालिका वडा नं २८ ले एक करोड ५० लाख वजेट छुट्याएका छन । पोखरा महानगरपालिका वडा नं २६ विजयपुरदेखी सुरु हुने राखि मिजुरे सडक खण्ड २७ किलोमिटर रहेको छ । २०५९÷०६० मा ओटासिल प्रविधिवाट पीच भएको १९ कीलोमिटर वाटो तत्पश्चात मर्मत संभार हुन सकेको थिएन ।

सडकको स्तरोन्नतीसँगै कास्कीको पुर्वीभेक र लमजुङवासिहरु लाभान्वीत हुने छन ।

Related Articles

Close