समाचार

रानाभाट परिवारद्धारा स्मृतीकोषबाट विद्यार्थी सम्मानीत

Spread the love

लेखनाथ, १ फागुन ।
स्वर्गीय नारायणदत्त रानाभाट र दुर्गा रानाभाटको स्मृतीमा रानाभाट परिवारद्धारा स्थापित नारायणदत्त दुर्गा रानाभाट स्मृती कोषबाट यो वर्ष तिन विद्यार्थीलाई सम्मान र एक जना विद्यार्थीलाई सहयोग गरिएको छ ।
यसै वर्ष देखि पोखरा २६ स्थायी घर भएका राजनितीककर्मी तथा प्रजातन्त्रका सेनानी स्वर्गीय नारायणदत्त रानाभाटको सम्झनामा परिवार जनबाट स्थापना गरिएको छ लाख छ हजार छ सय छ को अक्षयकोषबाट पस वर्ष देखि विद्यार्थी प्रत्साहनका लागि सम्मान र जटिल खालको रोगबाट पिििडत विद्यार्थीलाई आर्थीक सहयोग गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं २६ का सामुदायिक विद्यालयहरुको तर्फबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल लक्ष्मी माविका छात्र प्रदिप थापा, सोही विद्यालयकी छात्रा मनु पुन र भवानी कालीका माविका उत्कृष्ट विद्यार्थी कृष्ण राजभाटलाई छात्राबृद्धिबाट सम्मान गरिएको हो भने जटिल रोगबाट पिडित गरिव तथा जेहेन्दार विद्यार्थीमा युवराज रानाभाटलाई नगद २५ हजार आर्थीक सहयोग गरिएको हो ।
भवानीकालिका माविको ६४ औं बार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा राखिएको कार्यक्रममा छात्राबृद्धि पाउन सफल विद्यार्थीहरुलाई गण्डकी प्रदेशका सासंद कुमार खड्का, वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल र परिवारको तर्फबाट सामुहिक रुपमा पुरस्कार प्रदान गरिएको थियो ।
कोषका संरक्षक देबेन्द्र रानाभाटले अक्षयकोष स्थानाको उपयोगिता र उदेस्यका बारेमा जानकारी गराएको सो कार्यक्रममा उपाध्यक्ष बेदनाथ ढुगाना, सचिव कृष्ण रानाभाट र कोषाध्यक्ष ठाकुर रानाभाट लगाएतले आ आफनो धारणा राखेका थिए ।

Related Articles

Close