खेलकुुदसमाचार

रंगशाला निर्माण २ महिनापछि सुचारु

सांसदसहित पुगे धुर्मुस

Spread the love

साउन ७,  चितवन

चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दैगरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य करिब २ पहिनापछि पुनः मंगलबारबाट सुरु भएको छ। सडक विस्तारको माग गर्दै केही असन्तुष्ट स्थानीयले गएको जेठ १५ गते रंगशालाको केही तारबार भत्काएपछि स्थगित भएको थियो। त्यसपछि भएको विभिन्न चरणको छलफल र सरोकारवाला पक्षको आग्रहपछि धुर्मुस(सुन्तली फाउण्डेसनले मंगलबारबाट पुनः काम सुरु गरेको हो।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, प्रदेश सांसद विजय सुवेदी, सामाजिक अभियान्तालगायतले निर्माणका सामग्री लिएर पुगेका उनीहरूले मंगलबारबाट पुनः रंगशाला निर्माणको कामले निरन्तरता पाएको जनाएका थिए। स्थगित भएको महिनौपछि पुनः काम सुरु भएकाले थप छलफल गरी कामलाई अघि बढाउने अध्यक्ष धुर्मुसले बताए। पहिलो दिन भएकाले फाउण्डेसनको साइड अफिस खोलेर सरसफाई गरिनुका साथै निर्माणस्थलको अवलोकन तथा सरसफाई गरिएको थियो। यसअघि धुर्मुस चितवन आएर काम अगाडि बढाउन विभिन्न चरणमा छलफल गरिरहेको थिए।

केही दिनमै जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिबद्धता घोषणा भएको रकम जतिसक्दो चाँडो हस्तान्तरण गर्न अनुरोध गर्ने तथा विभिन्न समिति निर्माणलाई पनि तीव्रता दिने फाउण्डेसनले जनाएको छ। करिब ३ अर्ब लागत अनुमान गरिएको रंगशाला क्रिकेट, फुटबललगायतका अन्य धेरै खेल खेल्न मिल्न मिल्ने मैदानसहितको बहुउपयोगी रहने छ। डिपिआर निर्माण भएपछि मात्रै कुन संरचनालाई कति लागत लाग्छ भन्ने विषय थाहा हुने भएकाले अहिले पूर्व तयारीका काम मात्रै भइरहेको फाउण्डेसनले जनाएको छ।

Related Articles

Close