राशिफल

राशिफल

Spread the love

वि.सं. २०७५ साल असोज ३० गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर १६ तारिख। नेपाल संवत् ११३८ कौलाथ्। आश्विन शुक्लपक्ष। तिथि– सप्तमी

मेष (Aries)

अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ। केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

बृष (Taurus)

परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ।

मिथुन (Gemini)

विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ। वादविवादले काममा समस्या निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ। मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ। तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय

कर्कट (Cancer)

समय लागे पनि अप्ठ्यारा चुनौतीहरू पार लाग्नेछन्। प्रयत्न गर्दा अधिकार सुरक्षित गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरू पछि पर्नेछन्। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउने मौका छ। मुद्दामा आफ्नो पक्षको सुनुवाइ हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताका हात अघि बढाउनेछन्।

सिंह (Leo)

समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। पहिलेको कमजोर नतिजाले जोश–जाँगरमा कमी ल्याउन सक्छ। अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ।

कन्या (Virgo)

एकान्त वास र एकाग्र चिन्तनमा मन रमाउनेछ। टाढिएका आफन्त नजिकिनेछन्। घरायसी काममा समय बित्नेछ। मानसिक कुण्ठाले ग्रस्त भइने हुँदा अरूप्रति शंका जाग्नेछ। पारिवारिक भेटघाटको समय छ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ।

तुला (Libra)

सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन्। मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ। शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन्। पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

बृश्चिक (Scorpio)

समय लागे पनि सम्मानित काम गर्ने समय छ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ।

धनु (Sagittarius)

ढिलो गरी प्रारम्भ भए पनि पनि प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ।

मकर (Capricorn)

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। केही चुनौतीसँग लड्नुपर्ने देखिएकाले धैर्यले काम लिनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्नेछ भने टाढाका साथीभाइ नजिकिनेछन्। केही खर्च लागे पनि प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

कुम्भ (Aquarius)

धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।

मीन (Pisces)

समय लागे पनि आँटेको काम सम्पादन हुनेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनाले चिताएका काम बन्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

Related Articles

Check Also

Close
Close