राशिफल

राशिफल

Spread the love

 

राशिफल

वि.सं. २०७५ साल असोज २९ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १५ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– षष्ठी

मेष (Aries)

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

बृष (Taurus)

उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मिथुन (Gemini)

माहोल रमाइलो रहनेछ तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउनेछ। रमाइलो क्षणमा पनि मन ढुक्क नहुन सक्छ। विवादबाट सजग रहनुहोला। प्रयत्न गर्दा आम्दानी बढाउने काम प्रारम्भ हुनेछ।

कर्कट (Cancer)

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

सिंह (Leo)

चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। तापनि अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कन्या (Virgo)

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

तुला (Libra)

नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।

बृश्चिक (Scorpio)

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

धनु (Sagittarius)

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ।

मकर (Capricorn)

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

कुम्भ (Aquarius)

धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर, हातलागी भएको रकम अरूकाे हातमा पर्न सक्छ। पछिका लागि लगानी गर्नुपर्ला। अचल सम्पत्ति उपयोग गर्नुपर्ने हुन सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ तर तत्काल मूल्य भने प्राप्त नहुन सक्छ।

मीन (Pisces)

पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

 

Related Articles

Close