समाचार

रत्न शोभामा आर्थिक सहयोग

Spread the love

लेखनाथ, २७ मंसिर ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा मा विका लागि अमेरीकामा वस्ने नेपाली तथा अमेरीकनहरुले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयका पूर्व प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भोज बहादुर अधिकारीले समन्वय गरी नेपाली रु २ लाखको चेक विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी र सहायक प्रधानाध्यापक श्याम बहादुर केसीलाइ संयुक्त रुपमा हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि आफ्नो पहलमा थोरै भए पनि आर्थिक रकम संकलन गरी विद्यालयलाइ हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै अगामी दिनमा पनि आफुले गर्न पर्ने सक्दो सहयोग गर्ने अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, सहायक प्रधानाध्यापक श्याम वहादुर केसीले आर्थिक संकलन गरी विद्यालयलाइ सहयोग गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै सहयोग गर्न आग्रह गरेको विद्यालयका लेखापाल मेघनाथ आचार्यले जानकारी दिए ।

Related Articles

Close