समाचार

रत्न शोभामा विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक संघ गठन

Spread the love

माझठाना, कार्तिक १९ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माविमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन भएको छ । अभिावक भेलाले पछि कार्य विभाजन गर्ने गरी विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा लाल मोहन तिवारी, लक्ष्मी गिरी र अम्बर बहादु गुरुङ सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यस्तै गरी शिक्षक अभिभावक संघको अध्यक्षमा इमान बहादुर गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा अप्सरा तिमिल्सिना, आरती भुजेल, विरख बहादुर गुरुङ, राधाकृष्ण भुर्तेल र शिव प्रसाद तिवारी रहेका छन् । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भोज बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा वडा नं.२८ का वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक निर्मल दियालीले शिक्षा क्षेत्रमा राजनिति भन्दा माथि उठेर शैक्षिक गुणस्तरमा लाग्नुपर्नेमा जोड दिंदै वडा स्तरिय शिक्षा समिति, विज्ञ समुह र माहानगरको समन्वयमा प्राविधिक विषयका वारेमा छलफल गर्ने बताए ।
विद्यालय पूर्वाधार तथा व्यवस्थापन सम्बन्धि समस्याका वारेमा वडामा जानकारी गराउन आग्रह गर्दै वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसै गरी पोखरा महानगर शिक्षा शाखा उपसचिव विश्वराज आचार्यले महानगरले तय गरेका विद्यालय व्यवस्थापन गठन सम्बन्धि जानकारी गराउँदै शैक्षि उन्नयनका लागि अमुख व्यक्ति नभनी दक्षता भएका व्यक्तिलाइ व्यवस्थापन समितिमा छान्न अभिभावकलाइ आचार्यले आग्रह गरे । कार्यक्रममा झाँझमारे स्रोत केन्द्रका स्रोत व्यक्ति दिपकराज अधिकारीले सहजीकरण गरेका थिए ।
यसै गरी अभिभावक लाल मोहन तिवारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सूर्य प्रकाश तिवारी , पूर्व अध्यक्ष टिकाराम लामिछाने लगाएतले गुणस्तरीय शिक्षामा जोड दिएका थिए। विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेका थिए भने सहायक प्रधानाध्यापक श्याम बहादुर केसीले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Close