समाचार

रत्न शोभाको व्यवस्थापन समितिको अध्यक्षमा गुरुङ

Spread the love

लेखनाथ, १३ मंसिर ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयको नव गठित विद्यालय व्यवस्थापन समितिको प्रथम बैठकले मोहन गुरुङलाइ सर्वसम्मतले समितिको अध्यक्षमा चयन गरेको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य लाल मोहन तिवारीको अध्यक्ष्यतामा विद्यालयको सभाहलमा सम्पन्न भएको बैठकले साविक माझठाना लामिछाने गाउँ निवासी गोवि प्रसाद लामिछानेलाइ सदस्यमा सर्वसम्मत रुपमा मनोनित गरेको छ ।

यस अघि विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष गुरुङले विद्यालयको शैक्षिक एवम् भौतिक सुधारका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको समग्र पक्षको सुधारका निम्ति सरोकारवालासँग आग्रह गरे । शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लाल मोहन तिवारी , शिक्षक प्रतिनिधि श्याम बहादुर केसी लगाएतले विद्यालयको समग्र प्रगतिका लागि सबैको उत्तिकौ कर्तव्य हुने र सोही अनुसार नव गठित विद्यालय व्यवस्थापन समितिलाइ सल्लाह , सुझाव र सहयोगको अपेक्षा गरे ।

विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले नव गठित विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाइ स्वागत गरेका थिए भने शिक्षिका दुर्गा सापकोटाले साहित्य गजल मार्फत स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक ऋषिराम रानाभाटले गरेका थिए ।

Related Articles

Check Also

Close
Close