समाचार

रत्न शोभामा अभिभावक भेला सम्पन्न

Spread the love

माझठाना, असोज ४ ।
पोखरा २८ माझठाना रैकरमा रहेको रत्न शोभा माविमा अभिभावक भेला सम्पन्न भएको छ । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको अभिभावक भेला विद्यालयका पूर्व अध्यक्ष एकराज तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा विद्यालयका प्रधानध्यापक गोपाल बहादुर बुढाथोकीले विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षाको शैक्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै सहायक प्रधानाध्यापक श्याम बहादुर केसीले विद्यार्थी, शिक्षक, र अभिभावकहरु संयुक्त प्रयासले मात्रै गुणस्तरिय शिक्षा कायम राख्नका सम्भव हुने बताए । त्यस्तै गरी अभिभावकहरु कृष्ण बहादुर अधिकारी, जानुका कंडेल, लक्ष्मी गिरी लगाएतले विद्यालयले प्रस्तुत गर्ने कुनै पनि शैक्षिक योजनाहरुलाइ आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित कक्षामा अध्यापन गर्ने शिक्षकहरुको उपस्थिति रहेको उक्त भेलामा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज तिवारीले गुणस्तरीय शिक्षाका लागि हामी सबै अभिभावकहरुले आफ्नो जिम्मेवारीलाइ वहन गर्नुपर्ने औंल्याए । त्यसतै गरी शिक्षकहरु मित्रलाल वास्तोला, दुर्गा सापकोटा, यदुनाथ पाण्डेले आ आफ्ना धारणा राखेका थिए ।

Related Articles

Check Also

Close
Close